
काठमाडौं । आगामी माघ १९ गते मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले चौथो वार्षिकोत्सवको अवसरमा संस्थाबाट प्रदान गरिने साहित्य सम्मान तथा पुरस्कार पाउनेहरूको नामावली घोषणा गरेको छ । सम्मान तथा पुरस्कार छनोट समितिले मानवाधिकारकर्मी तथा हिमालय टाइम्सका सम्पादक प्रा.पुरुषोत्तम दाहाललाई (शेरबहादुर-कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
महाकाव्यकार माधव वियोगी, सूर्यबहादुर केसी स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार, सशक्त गद्य कवि विवश पोख्रेल, दीनानाथ-हेमकुमारी ओझा स्मृति साहित्य उद्बोधन सम्मान तथा पुरस्कार रहेको छ ।
प्रधानाध्यापक प्रदीप खतिवडा, मिनाखरेल स्मृति सनातन वैदिक हिन्दु धर्म संरक्षण, सम्बद्र्धन सम्मान तथा पुरस्कार जलजलेश्वर गरुकुल वेदविद्याश्रम मा.वि.मोलुङ्-४ ओखलढुंगा छनोट भएको छ । व्यवस्थापक केशवप्रसाद अधिकारी (रामप्रसाद-रुद्रकुमारी भुर्तेल) स्मृति सनातन वैदिक धर्म संरक्षण सम्मान तथा पुरस्कार सोमसरला वेदविद्याश्रम गुरुकुल गौरीघाट काठमाडौं छनोट भएको छ ।
पद्यकवि रामचन्द्र भट्टराई (मनोरञ्जनरमण शर्मा नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार, प्रशिक्षक तथा पद्यकवि विदुर अधिकारी–पद्मदीपा पौडेल स्मृति साहित्य सम्मान तथा पुरस्कार रहेको छ ।
कवि तथा गजलकार सिर्जना खनाल (सूर्यबहादुर-विष्णुकुमारी पण्डित स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार, समर्पित पद्य कवि गोविन्द विनोदी (टीकाप्रसाद-नारायणी काफ्ले स्मृति साहित्य सम्मान तथा पुरस्कार रहेको छ ।
हाँस्यव्यंग्यय पत्रकार नरनाथ लुइँटेल (आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता सम्मान तथा पुरस्कार, बहुआयामिक कवि केशवराज आमोदी (लक्ष्मीहरिराज-हरिप्रिया बराल स्मृति साहित्य सम्मान तथा पुरस्कार दिने भएको छ ।
सशक्त मुक्त कवि ज्ञान उदास (महेश्वरलाल-शारदा श्रेष्ठ स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८१, सुसेलीकार चन्द्रा न्यौपानेलाई मुक्तिनाथ दर्शन त्रैमासिक सुसेली सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच