काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पोखरा एभेन्जर्सले नेदरल्याण्ड्सका क्रिकेटर बास डी लिडेलाई टोलीमा अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भिœयाएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध हुनुभएका २४ वर्षीय बास डी लिडेले नेदरल्याण्ड्सका लागि ३८ टी-२० आईमा खेल्नुभएको छ । जसमा ६९७ रन बनाउनुभएको थियो ।
बास डी लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गर्नुभएको छ । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताउनुभयो ।
एनपिएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, डी लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुमन गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।






