काठमाडौं । ओमानका कप्तान अकिब इल्यासले विराटनगर किंग्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने हुनुभएको छ । विराटनगरले अकिबलाई भित्र्याएको आइतबार घोषणा गरेको हो । प्रतियोगिताका निम्ति विदेशी खेलाडी भित्र्याउने विराटनगर दोस्रो टिम हो । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका आन्द्रेस गौसलाई भित्र्याएको थियो ।
अकिबले ओमानबाट ३२ एकदिवसीय र ५६ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले ट्वान्टी-२० क्रिकेटमा १० अर्धशतकसहित एक हजार ३३० रन बनाउनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । प्रतियोगिताका निम्ति विराटनगरले सन्दीप लामिछानेलाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ । टिमले आयरल्याण्डका पूर्व क्रिकेटर केविन ओ‘ब्राइनलाई मुख्य प्रशिक्षकमा भित्र्याएको छ ।
यसअघि टोलीहरूले १० खेलाडी अक्सनमार्फत् भित्र्याएका थिए । अब सबै टोलीले चार विदेशी खेलाडी भित्र्याउँदैछन् । जसमा एक खेलाडी एसोसिएट खेलाडी हुनुपर्नेछ । जसमा अकिब एसोसिएट देशबाट भित्रिनुभएको छ । आठ टोलीबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएल मंसिर १५ देखि हुँदैछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts