काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गर्नुभयाे भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गर्नुभएकाे थियाे ।
त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गर्नुभयाे । यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समुह एक मा ३ खेलमा तिनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समुहमा शिर्ष स्थानमा छ । त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समुहमा तेस्रो स्थानमा छ ।
अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले अक्टोबर १६ मै क्रोसियाको सामना गर्ने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा