
मेलवर्न । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आइसिसी महिला टी-२० विश्वकप २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’को खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
अस्ट्रेलियाको जितमा बेथ मुनीले सानदार ब्याटिङ गर्दा मेगन शट र अन्नाबेल सदरल्याण्डले उत्कृष्ट बलिङ प्रदर्शन गर्नुभयो । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो । कप्तान एलिसा हेली र बेथ मुनीले अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाउनुभयो । हेलीको २६ र मुनीको ४० रनको योगदान रहृयो ।
एलिसे पेरीले ३० रन जोड्नुभयो । न्युजिल्याण्डका लागि अमेलिया केरले चार विकेट लिनुभयो । १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड १९ ओभर २ बलमा ८८ रनमा सीमित भयो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक २९ रन बनाउनुभयो । सुजी बेट्सले २० रन बनाउनु बोहक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । जितसँगै दुई खेलमा चार अंक जोडेको अस्ट्रेलिया समूह ‘ए’ को शीर्ष स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच