
काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न खेल नेपालले २५-५, २५-१२, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको नेपाल उज्वेकिस्तानसँग पराजित भएको थियो । उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।
तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो । अब नेपालले बिहीबार किर्गिस्तानको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच