लण्डन । मिडफिल्डर कोबी माइनु इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीबाट बाहिरिनुभएको छ । युइएफए नेसन्स लिगअन्तर्गत ग्रिस र फिनल्याण्डविरुद्धको खेलका लागि घोषित टोलीमा माइनु अटाउनुभएन ।
इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध खेल्दा माइनु घाइते हुनुभएको थियो । यसैगरी मिडफिल्डर मोर्गन गिब्स हृवाइट र रक्षक इज्री कोन्सा पनि टोलीबाट बाहिरिनुभएको छ । इंग्ल्याण्डले आगामी बिहीबार ग्रिस र आइतबार फिनल्याण्डको सामना गर्नेछ । एजेन्सी ।






