साउदी अरेबिया । एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी प्रो लिग क्लब अल हिलालले इराकको अल शोर्टालाई हराएको छ । रियादमा मंगलबार राती सम्पन्न खेलमा अल हिलाल ५-० गोलको फराकिलो अन्तरले विजयी भएको हो ।
पहिलो हाफमा दुई गोल गरेको साउदी प्रो लिग च्याम्पियन अल हिलालका लागि ११औँ मिनेटमा माइकल लियोनार्डोले गोल गर्नुभयो । त्यसको चार मिनेटपछि एलेक्सान्डर मिट्रोभिकले ६ यार्डको दूरीबाट हेडरमार्फत् गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
दोस्रो हाफ सुरु भएको तीन मिनेट नबित्दै सलेम अल-दवसारीको गोलमार्फत् अल हिलालले ३-० को अग्रता बनायो । ७३औँ मिनेटमा नासेर अल–दवसारी र अतिरिक्त समयको पाँचौँ मिनेटमा मोहम्मद कानोले गोल गरेपछि अल हिलालले ५-० को फराकिलो जित हात पार्यो ।
जितपछि अल हिलाल दुई खेलमा दुई जितसहित ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेलमा एक अंक जोडेको अल शोर्टा पुछारबाट दोस्रो स्थानमा छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts