काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । एनपिएलमा सुदूरपश्चिम रोयल्स नाम हुने भएको छ । सुदूरपश्चिमको स्वामित्व एम्यायर स्पोर्ट्स म्यानेजमेन्टले किनेको थियो ।
लोगोमा बाघको चित्र राखिएको छ । त्यसको मुख्य कारण सुदूरपश्चिममा शुक्लाफाटामा पाइने बाघको नेतृत्व हुनेछ । व्यावसायिक क्रिकेटलाई नयाँ उचाइ दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आफूहरू उत्साहित रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता