काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।
गएराती सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुसार ४९ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।
इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०.nm४ ओभरमा २ विकेट गुमाउदै १६५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो ।
त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो । जस अनुसार अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गरेको हो ।
पाँच खेलको यस सिरिजमा शुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछिका दुई खेल इङल्याण्डले जितेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा