लण्डन । घरेलु टोली इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ । पाँच खेलको शृंखलामा अस्ट्रेलिया ३-२ ले विजयी भएको हो । आइतबार पाँचौँ तथा अन्तिम खेलमा अस्ट्रेलिया डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा ४१ रनले विजयी भएको हो । यसअघि अस्ट्रेलिया ७ विकेट र ६८ रन तथा इंग्ल्याण्ड ४६ र १६८ रनले विजयी भएका थिए ।
ब्रिस्टोलस्थित काउन्ट्री ग्राउन्डमा इंग्ल्याडले प्रस्तुत गरेको ३१० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाएर १६५ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल खेलाउन सम्भव नभएपछि अस्ट्रेलियालाई डिएलएसका आधारमा विजेता घोषणा गरिएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता