काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाईं पक्राउ गरेको छ ।
जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँघुससहित पक्राउ गरिएको हो ।
आयोगको टोलीले उनको साथबाट स्रोत नखुलेको थप ३४ हजार रुपैयाँसमेत बरामद गरेको छ ।







Breaking news with related posts