
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिनुभयो । त्यसैगरी रफिउल्लाले ३३ रन बनाउनुभयो भने फयाज बुट्टले १७ रन जोड्न्भयो ।
ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिनुभयो भने गुल्शन झा र कुशल भुर्तेलले दुई विकेट लिनुभयो। रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।
नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिनुभयो । उहाँले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाउनुभएको हो । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिनुभयो । उहाँले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाउनुभयो । आसिफ शेख र अनिल शाहले समान २७र२७ रन बनाउनुभयो। आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाउनुभयो । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोड्नुभयो ।
त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट हुनुभयो। बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिनुभयो भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिनुभयो ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच