काठमाडौं । अविरल वर्षाका बाबजुद १४२औं घुम्ती कविगोष्ठी कपन मिलनचोक पार्टी भेन्युको सभाहलमा सम्पन्न भयो । घुम्ती कविगोष्ठी नेपालको सल्लाहकार दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा चन्द्रा न्यौपाने प्रमुख अतिथि हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठले स्वागत मन्तव्यसहित मुक्तक वाचन गरेर कार्यक्रम सुरु गर्नुभएको थियो ।
उक्त कार्यक्रममा साहित्यकारहरु सुचिता काफ्ले, रामचन्द्र दाहाल, रत्न उप्रेती, मिसन अधिकारी, त्रिलोचन आचार्य, भारद्वाज मित्र, सुशील आचार्य, प्रल्हाद लामिछाने, सुरेशचन्द्र घिमिरे, कृष्णप्रसाद पौडेल जस्ताघरे, चन्द्रा न्यौपाने र दुर्गा अधिकारीले भमरकोटेले रचना वाचन गर्नुभएको थियो । प्रमुख अतिथि न्यौपानेले उक्त कार्यक्रममा वाचन गरिएका सृजनाहरुको समीक्षासहित आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाको कोषाध्यक्ष रामचन्द्र दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम निबन्ध आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा