काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) आज(सोमबार) बाट सुरु हुँदैछ । खेल साँझ पौने ८ बजे दशरथ रंगशालामा हुँदैछ । पहिलो खेल चितवन शक्ति र गण्डकी थन्र्डसबीच हुँदैछ । खेल असोज १९ गतेसम्म हुनेछ । दुवै टोलीले खेलको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएका छन् ।
चितवन शक्तिबाट लिग खेल्ने तीनजना विदेशी खेलाडीसमेत नेपाल आइसकेका छन् । चितवनबाट खेल्ने दुई भारतीय खेलाडी केपी अनुश्री र सूर्य सरसुरी तथा रसियाबाट अन्ना डिमित्रीभा नेपाल आइपुग्नुभएको हो । तीनैजना विदेशी खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेका छन् । चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभाले स्पाइकरका रूपमा खेल्नुहुनेछ भने सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नुहुनेछ ।
चितवन शक्तिले प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको र प्रतियोगिताका लागि तयार रहेको जनाएको छ । चितवनको टिममा अरुणा शाही (मार्की), सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एञ्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, अन्ना डिमित्रीभा (रुस), केपी अनुश्री (भारत), सूर्या सरसुरी (भारत) र नितिशा महतो (ट्यालेन्ट हन्ट) रहनुभएको छ ।
यता गण्डकीले नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरीलाई मार्की प्लेयरका रूपमा राखेको छ । गण्डकीले रूपेशकुमार विष्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । गण्डकी थन्डर्सको टोलीमा सरस्वती चौधरी (मार्की), प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक (रुस), शिल्पा सिन्धु (भारत)। एकातोरिना जुभ्यागिन्त्सेभा (रुस), जुही शा(भारत) र सोइङ थापा (ट्यालेन्ट हन्ट) रहनुभएको छ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली एसभिएसले सहभागिता जनाउनेछन् ।
ललितपुरले भित्र्यायो थाइल्याण्डका तीन खेलाडी
एभरेस्ट महिला भलिबल (इडब्ल्युभिएल) का लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले थाइल्याण्डका तीन खेलाडीलाई अनुबन्ध गरेको छ । स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ र पत्राथिप सान्त्रकोनले ललितपुरबाट लिग खेल्ने हुनुभएको छ । यससँगै ललितपुरले आफ्नो १२ सदस्यीय टोली तयार पारेको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहासमै पहिलोपटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
ललितपुरले उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सको सामना गर्नेछ । ललितपुरको टोलीमा सलिना श्रेष्ठ (मार्की), पुनम चन्द, कामना विष्ट, साफिया पुन, निशा चौधरी, नेहा चौधरी, भावना तामाङ, अनुषा चौधरी, ज्याक्युशा थापा (ट्यालेन्ट हन्ट), स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ र पत्राथिप सान्त्रकोन रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts