लण्डल । लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मोलिनक्स स्टेडियममा शनिबार राती भएको खेलमा उल्भ्सलाई २-१ ले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै लिभरपुलले ६ खेलबाट १५ अंक पुर्याएको छ ।
जुन डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीभन्दा एक अंक कम हो । वुल्भ्स भने रेलिगेसन क्षेत्रमा छ । डियोगो जोटा क्रसमा पहिलो हाफको इन्जुरी समयमा इब्राहिमा कोनाटेले लिभरपुललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
तर, ५६औँ मिनेटमा रायन ऐत नौरीले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ६१औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत् गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाउनुभयो । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts