एजेन्सी । बायर्न म्युनिखका स्टार स्ट्राइकर हृयारी केन घाइते हुनुभएको छ । शनिबार बुन्डेसलिगामा बायर लेभरकुसेनसँगको खेलमा केन घाइते हुनुभएको हो । जसमा बार्यन लेभरकुसनसँग १-१ को बराबरीमा रोकिएको थियो । उहाँको घुँडामा चोट लागेको छ ।
खेलको ८६औँ मिनेटमा उहाँलाई थोमस मुलरले प्रतिस्थापन गर्नुभएको थियो । च्याम्पियन्स लिगमा बुधबार बायर्नले एस्टन भिल्लाको सामना गर्दैछ । केनले लेभरकुसेनविरुद्ध गोल गर्न नसके पनि यो सिजन बायर्नको आक्रमणमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
३१ वर्षीय फरवार्डले लिगका पहिलो चार खेलमा पाँच गोल गर्नुका साथै थप ६ गोल गर्नुभएको थियो । च्याम्पियन्स लिगमा डिनामो जाग्रेबमाथि ९-२ को पहिलो जितमा चार गोल गर्नुभएको थियो । उहाँले बायर्नको पहिलो जर्मन कप खेलमा पनि गोल गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts