साउदी अरब । अल नासर साउदी प्रो लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । अल-अवल पार्कमा शुक्रबार राती सम्पन्न खेलमा अल वेहदालाई २-० ले पराजित गर्दै अल नासर तेस्रो स्थानमा उक्लिएको हो । साडियो मानेको क्रसमा एन्जेलो गेब्रियलले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ५६औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै नासरको २-० को जित पक्का गर्नुभयो ।
खेलको ८६औँ मिनेटमा अल वेहडाका वालीद बक्सवीनले रातो कार्ड पाउनुभएको थियो । जितपछि अल नासरको ५ खेलबाट ११ अंक भएको छ । त्यसैगरी अल वेहडाको भने ५ खेलबाट ४ अंक रहेको छ । अल इत्तिहाद लिग तालिकाको पहिलो स्थानमा छ भने अल हिलाल दोस्रो स्थानमा छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता