साउदी अरब । साउदी अरेबियाली क्लब अल-हिलालका मुख्य प्रशिक्षक जर्ज जिससले नेयमार अझै खेल्न तयार नभएको बताउनुभएको छ । सन् २०२३ को अगष्टमा रियाद टोलीमा ब्राजिलियन स्टार नेयमार अनुबन्धित हुनुभएको थियो ।
अक्टोबरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा बायाँ घुँडाको मेनिस्कस र एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) फुटेपछि शल्यक्रिया गरिएको थियो । त्यतिखेर उहाँले क्लबका लागि पाँच खेल मात्र खेल्नुभएको थियो । ३२ वर्षीय नेयमार जुलाईमा प्रशिक्षणमा फर्किनुभएको थियो । त्यसैले उहाँले पुनरागमन गर्ने अनुमान गरिएको थियो ।
तर, प्रशिक्षक जिससले उहाँ खेल्न तयार नरहेको बताउनुभएको हो । ‘नेयमार अल-हिलाल र समग्रमा लिगका लागि महत्वपूर्ण खेलाडी हुन्,’ मे महिनामा अल-हिलाललाई १९औं लिग उपाधि दिलाउनुभएका जिससले भन्नुभयो, ‘उनी कहिले फर्कन्छन् भनेर मिति तोक्न सक्दिनँ । तर, हामी जनवरीसम्म हेर्नेछौं ।’ नेयमारलाई साउदी प्रो-लिग (एसपीएल) सिजनको दोस्रो हाफका लागि जनवरीमा अल-हिलालले दर्ता गर्न सक्नेछन् । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements