
काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा)को संयुक्त आयोजनामा ‘रामायण रेजोनान्सः सेलिब्रेटिङ ‘ए’ सेर्ड हेरिटेज’ शीर्षक कला प्रदर्शनी सुरु गरिएको छ । नाफामा भइरहेको कला प्रदर्शनी असोज १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नाफाका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीमा चार नेपाली कलाकारका पाँच कलाकृति र ३० भारतीय कलाकारका ४२ कलाकृति राखिएका छन् । प्रदर्शनीमा राखिएका कलाकृतिले भारतीय उपमहाद्वीपमा सांस्कृतिक र कलात्मक अभिव्यक्तिमा रामायणले पारेको गहिरो प्रभावलाई इंगित गरेको छ । यसले हिन्दू धर्मग्रन्थ रामायणमा चित्रण गरिएको वीरता र भक्तिलाई चित्रण गरेको छ । प्रदर्शनीमा क्युरेटरका रूपमा गार्गी सेठ हुनुहुन्छ ।
यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताउनुभएको थियो । कुलपति हार्तम्छालीले प्रतिष्ठानले विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्दै आइरहेको जनाउँदै यसले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनीले एक अर्काको कला सिर्जनाका सोच र शैलीको समेत आदानप्रदान हुने जिकिर गर्नुभयो । ‘यो प्रदर्शनीले संस्कृति बुझ्ने मौकासमेत मिलेको छ’, उहाँले भन्नुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रूपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताउनुभयो । नेपाली कलाकार उमाशंकर साह, नरेन्द्रबहादुर श्रेष्ठ, एससी सुमन र अगम श्रेष्ठ रहनुभएको छ ।
यस्तै, अम्बालिका चितकरा, आनन्द पञ्चाल, अरपना कौर, असित पटनायक, ब्राटिन खान, चन्द्र मोरकोण्डा, कल्याण पि जोशी, कञ्चन चन्दर, के जी बाबु, नागेश गौर, नवल किशोर, नीरज गुप्ता, प्रीति गुप्ता, सुशील कुमार, राजेश कुमार, रेनुका सोढी गुलाटी, सरला चन्दर, सिमा कोहली, शाम्पा सिरसर दास, सिद्धार्थ, सुवोध केलकर, सिन्धे श्रीरामुलु, स्वर्ण चैत्रकार, सुनिता लाम्बा, कामिनी बाघेल, लक्ष्मण कुमार नायक, बलदेव पवार, युगदिपक सोनी रहेका छन् । प्रदर्शनीका क्युरेटर गार्गी सेठले रामायणको विषयमा केन्द्रित रही तयार पारिएका कलाकृति प्रदर्शनी राखिएको जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच