जुम्ला । जुम्लाका तीन वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँनुहुने भएको छ । जिल्लाको तिला गाउँपालिका, सिंजा गाउँपालिका र गुठिचौर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनु हुने भएकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तिला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समुह) मा कार्यरत शाखा अधिकृत भिमा कंडेल, सिंजा गाउँपालिकामा शाखा अधिकृत पवित्र शाही र गुठिचौर गाउँपालिकामा शाखा अधिकृत दिनेश भट्टराईलाई हाकिमको जिम्मेवारीमा मन्त्रालयले खटाएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका जिल्लाका स्थानीय तहमा मन्त्रालयले नयाँ अधिकृत पठाएको हो ।
यहाँका आठवटै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले पटक-पटक मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत पठाउन ताकेता गर्नुभएकाे थियाे । ढिलो भएपनि सिंजामा नयाँ कार्यकारी पठाएकोमा मन्त्रालयलाई धन्यवाद दिदै नयाँ हाकिमलाई स्वागत गरेको अध्यक्ष धितालले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts