काठमाडौं । राजु लामाको स्वरमा रहेको गीत ‘प्रेम रोग’ सार्वजनिक भएको छ । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको हो ।
राजुकै शब्द र संगीत रहेको गीतको भिडियोमा उहाँसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गर्नुभएको छ । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा सोनाम पाख्रिनको निर्देशन र कोरियोग्राफी छ ।






