काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फेन्टिनो नेपाल भ्रमणमा आउनुहुने भएको छ । दक्षिण एसियाली देशहरूको भ्रमणका क्रममा फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउनुहुने भएको हो ।
इन्फेन्टिनो असोज २० गते नेपाल आउने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । इन्फेन्टिनो दुईदिने भ्रमणका क्रममा नेपाल आउनुहुनेछ । उहाँ आएकै भोलिपल्ट फर्किनुहुनेछ । इन्फेन्टिनोको नेपाल भ्रमणको अन्य तालिका भने टुंगो लागिसकेको छैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता