
काठमाडौं । निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच स्रष्टा कुमारी लामाको उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्राडा.अरुण गुप्ताले लेखक लामाको निबन्धले समग्र नेपाली परिवेश बोलेको बताउनुभयो । उहाँका अनुसार आफूले बोल्नभन्दा पनि लामाको लेखन कलाका विविध आयाममा लामो लेख वा पढाउँदा बयान गर्न सकिने विचार व्यक्त गर्न सकिने अवस्थामा छ ।
प्राडा.विन्दु शर्माले लेखक लामाको निबन्धमा पहिचानको स्पर्श रहेको बताउनुभयो, ‘लेखकले कथात्मक शैलीको प्रयोग गरेर जोखिम पनि उठाएका छन्, जुन हाल निबन्ध लेखनमा लेखिने शैली बनिरहेका छन्’, उहाँले भन्नुभयो । उहाँले विगतमा निबन्धमा बढी दार्शनिक विषय लेखिन्थे भने हाल इतिहास तथ्यांकसमेत प्रयोग गरेर पाठकलाई विश्वास दिलाउने अभ्यास प्रचलित रहेकोमा लेखकले पनि त्यो धारलाई समाउने कोसिस गर्नुभएको बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले लेखक कुमारी लामाले लेखनमा महिला संवेदना र चरित्र बलशाली ढंगले आउने बताउँदै भूइँमान्छे, श्रमिक वर्गको यथार्थ अनूभूति आएको जिकिर गर्नुभयो । उहाँले पश्चिमा साहित्यको अध्ययन गरेर हाल प्राध्यापनमा समेत संलग्न लेखक लामाले पछिल्लो कृति दज्र्युको संलापसम्म आउँदा विगतमा कानुन नै बनाएर मासिने वर्गमा राखेको तामाङको इतिहास र त्यसबाट प्रभावित वर्तमानका पात्रहरूमा रुचि देखिन थालेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
भाषाविद् एवं लेखक अमृत योञ्जनले कुमारी लामालगायतको लेखकले अगाडि बढेर भूइँमान्छेको कथालाई कृतिमा अभिलेखीकरण गर्ने कर्मको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । लामाले कृति पढेर प्रतिक्रिया दिन अनुरोध गर्दै आफ्ना समकक्षी र गुरुहरूको सल्लाह, सुझाबलाई मनैदेखि स्वीकार गरेको र आगामी कृतिहरू अझै परिष्कृत रूपमा आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच