
काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३-० सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा अपराजित रहँदै पुलिस क्लबले उपाधि जितेको हो ।
पुलिस क्लबले पहिलो सेट २५-१६ अंकले जितेको थियो । दोस्रो सेट पनि उसले २५-२२ अंकले जितेको थियो । तेस्रो सेटमा २५-२३ अंकको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।
यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३-० सोझो सेटमा पराजित गरेको थियो । यस्तै, अन्य खेलमा पुलिस क्लबले श्रीलंकाको श्रीलंका एयरफोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्बललाई ३-० सेटले नै पराजित गरेको थियो ।
त्यस्तै, पुलिस क्लबले माल्दिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ सेटले पराजित गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच