काठमाडौं । धनमाया राना र विक्रम परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘सपनीमै देख्ने छैन’ सार्वजनिक भएको छ । विकास बिक्की रानाको शब्द, सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विकास बिक्की रानाको निर्देशन रहेको गीतको भिडियोमा उदीत थापा र जानु गुरुङको अभिनय छ भने जीवन केसी र विकास बिक्की राना सहायक भूमिकामा देखिनुभएको छ ।
प्रकाश खड्काको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन छ । गीतको भिडियो जीवन केसी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता