काठमाडौं । एभरग्रीन वर्ल्ड वाइड इन्टरटेन्मेन्टले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा आयोजित कार्यक्रममा अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथ्यतामा आयोजित समारोहमा कलाकार रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ठ अतिथिको रूपमा रहनुभएको थियो ।
समारोहमा कलाकारहरू राजाराम पौडेल, शिवहरि नेपाल, रामचन्द्र अधिकारी, उत्तम केसी, शिव ढकाल, नारायण प्रधान, सविन श्रेष्ठ, पुकार भटराई, रवि डंगोल, निर्मलराज पौडेल, पवन केसी, मञ्जु श्रेष्ठ बिजुली, एसराज गराच (सुरज कार्की), दन्त चिकित्सक डा.सुवास घिमिरे, बालरोग विशेषज्ञ डा. रामानन्द चौधरी, गायक पवित्र श्रेष्ठ, भाषाविद् तथा लेखक तेजबहादुर प्रधान, दिक्पाल कार्की, गायक तथा संगीतकार विनोद ढकाल, पत्रकार नन्दलाल खरेल, राजन थापालगायत व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।
समारोहमा उत्कृष्ठ चलचित्रको रूपमा ‘छक्कापञ्जा–३’ का निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई कदरपत्रसहित सम्मान गरिएको थियो । यस्तै, पत्रकार विष्णुप्रसाद सुवेदी, लोकगायक सफल श्रेष्ठ, निर्देशक दिलबहादुर तामाङ, गायक नारायण थापा, प्रेमबहादुर कार्की, कोरियोग्राफर दीपक तामाङ, अभिनेत्री आशा भुसाल, कलाकार दीप गरुुङ, गीतकार प्रेमबहादुर तामाङ, गोकुल सुवेदी, कलाकार सुशीला उप्रेती, सुगत तारंगीत, हास्य कलाकार सुरेश तिमल्सिना, कलाकार तथा व्यवसायी राजु कार्की, समाजसेवी सविना कटवाल, बाल कलाकार दीपजंग सिलवाल, गायक दाउत राई तथा व्यवसायी एवं समाजसेवी मेलिना राईलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पञ्चे बाजासहित सांस्कृतिक प्रस्तुतिहरू दिइएको थियो । कार्यक्रमको सञ्चालन एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल (छन्दे) ले गर्नुभएको थियो । एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले विगत १२ वर्षदेखि कलाकार तथा विभिन्न विधाका व्यक्तित्व तथा प्रतिभालाई सम्मान गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts