काठमाडौं । समाजका हरेक क्षेत्रमा प्रहरीको अहम् भूमिका रहेको कुरालाई समेटिएको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विष्णु भण्डारीको शब्द रचना, प्रमोद खरेलको स्वर, भीम बिसीको संगीत, श्यामस्वत रसैलीको संगीत संयोजन रहेको सार्वजनिक गीतमा गायक खरेललाई भीम बिसी, मनोज खनाल, दिनेश विष्टले स्वरमा साथ दिनुभएको छ ।
सन्देशमूलक भिडियोमा दिनेश विष्ट, भीम खड्का, दीपा पनेरु, प्रियंका शिवाकोटी, हरि शाही ‘संगीता’, ओमप्रसाद शिवाकोटी, विशाल नेपाल, निर्मल विष्ट, रोहित घिमिरे, सुक्मनजंग अश्रपती, रोशन बोगटी, दिनेश जोशी, वीरेन्द्र कलेल, अर्जुन बमलगायतको अभिनय रहेको ‘एक कदम’ भिडियोमा प्रकाश खड्काले छायांकन र विक्रम चौहानको निर्देशन छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता