काठमाडौं । ‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रममा उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको थियो । अनमोल केसी चलचित्र ‘फर्की फर्की’ बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी ‘प्रसाद २’ बाट सर्वोत्कृष्ट अभिनेत्री ठहरिनुभएको छ ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको इन्फा अवार्डमा ‘जारी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्नुभएको छ । सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड ‘दिमाग खराब’ बाट आकाश बरालले हात पार्दा ‘प्रसाद २’ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिनुभयो । सर्वोत्कृष्ट छांयाकार ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ, ‘फर्की फर्की’ बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार ‘बोक्सीको घर’ (बुझिन मैले), कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक ‘चरी बस्यो’ (जारी), समिक्षा अधिकारी ‘बोक्सीको घर’ (बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक ‘पुजार सार्की’ बाट शिशिर (दर्शन गरें) ले अवार्ड चुमेका छन् ।
वर्ष २०२४ को पपुलर अभिनेताको अवार्ड दयाहाङ राईले चलचित्र ‘जारी’ बाट हात पार्नुभएको छ भने यही चलचित्रबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड हात पार्नुभएको छ । सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ ‘पुजार सार्की’बाट प्रदीप खड्का र सुपला सापकोटा ‘बोक्सीको घर’ बाट अभिनेत्रीको अवार्ड जित्न सफल हुनुभयो । पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिनुभयो । यता, पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले चुम्दा इन्करेजमेन्ट अवार्ड चलचित्र ‘लण्डन टु पेरिस’ बाट गरिमा शर्माले हात पार्नुभयो ।
यस्तै दीर्घ साधाना सम्मान अवार्डबाट भुवन केसी सम्मानित हुनुभयो । यति नेपाली एसोसिएसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा अवार्ड सम्मान भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रलाई आधार मानेर प्रतिस्पर्धा भएको कोर्डिनेटर मनिष कार्कीले जानकारी गराउनुभयो । इन्फा अर्को वर्षसमेत यही मितिमा आयोजना गरिने कार्कीले बताउनुभयो । अवार्ड समारोहमा केकी अधिकारीले ‘बुझिन मैले’, अनमोल जसिताले ‘फर्की फर्की’, शिल्पा मास्केले ‘गैरी खेतको र आज हाम्रो भेट भएको दिन’, सुशान्त खत्रीले नेपाली गीतको कलेक्सनमा, गरिमा शर्मा, भुवन केसी, जिया केसी र गौरी मल्ल, आर्जन पाण्डेले आफ्नो गायन प्रस्तुति दिनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts