काठमाडौं । शिव परियार र उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक गरिएको छ । अभि सुनारको शब्द, पूर्ण संयोगको संगीत, सञ्जीव बराइलीको एरेञ्ज र नरेश बीबीसीको मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा विद्या कार्की, अभि सुनार, उषा गजुरेल र आदित्य ठकुरीको अभिनय छ । गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ । घरको एक्लो छोरो विदेशिएपछिको आमाको पीडालाई भिडियोमा देखाइएको छ ।
बुद्ध थापा एण्ड टिमको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन एवं कलर, स्वस्तिका श्रेष्ठको मेकअप र सुदीप ढकालको प्रोडक्सन छ । उषा गजुरेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोका निर्माता सम्राट ढकाल र डा.युवराज कँडेल हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता