काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रादेशिक संरचना निर्माणबारे सात दिनभित्र राखेपमा पेश गर्न पुनः पत्राचार गरेको छ । राखेपका सदस्य-सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म पटक-पटक पत्राचार गर्दा पनि पेश गरेको छैन ।
२०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरूप राखेपले एन्फालाई २०७९ जेठ ३० गते एन्फालाई साधारणसभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता