काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा हार व्यहोरेको छ । श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई पाँच विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १६० रनको लक्ष्य पछाएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ४० ओभरमा १५९ रन बनाएर अलआउट भएको थियो ।
यस खेलमा नेपालका लागि सोमपाल कामीले कप्तानी गर्नुभएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गए पनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल वर्षाले रद्ध भएका थिए ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहनुभएको छ । यस अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता