बोइनोज एयर । विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीमाथि सहज जित हासिल गरेको छ । एन्टोनियो भेस्पुसियो लिबर्टी शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना ३-० ले विजयी भएको हो । अर्जेन्टिनाको जितमा म्याक एलिष्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गर्नुभयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै अल्भारेजको पासमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभयो । निर्धारित खेल सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले नै अग्रता दोब्बर बनाउनुभयो ।
इन्जुरी समयको पहिलो मिनेटमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको बललाई डिबालाले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सहज जित दिलाउनुभयो । जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ । समान खेल खेलेको चिली पाँच अंकसहित नवौं स्थानमा छ । एजेन्सी ।







Breaking news with related posts