
काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ल्यानडमार्क एकेडेमीलाई २५-१३ ले पराजित गर्यो । जेभियरको जितमा अरिभाना तमारुले आठ अंक योगदान गर्नुभयो ।
पहिलो क्वार्टरमा १३-१ को अग्रता लिएको जेभियर दोस्रोमा ४-५ र तेस्रोमा २-७ ले पछि पर्यो । चौथो तथा अन्तिम क्वार्टर ६-० ले आफ्नो पक्षमा पार्दै जेभियरले जित सुनिश्चित गर्यो ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नाइशा बुढाथोकीको १२ अंक सहयोगमा गोल्डेनगेटले रातो बंगलालाई ४१-२६ ले हरायो ।
पहिलो क्वार्टरमा १०-४ को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । गोल्डेनगेटले दोस्रोमा ११-१०, तेस्रोमा १३-८ र चौथोमा ७-४ को प्रदर्शन ग¥यो । फाइनल शनिबार हुनेछ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच