बर्दिया । जवरजस्ती करणी गरेको आरोपमा बर्दियाका वडाध्यक्ष कारागार चलान भएका छन् ।
बर्दियाको बाँसगढि नगरपालिका वार्ड न ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पुर्पक्षका लागि कारागार चलान गरिएकाे हाे ।
गएको चैत ८ गते सोहि वडामा वसोवास गर्ने एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले वास्तोलालाई पक्राउ गरेको थियो । जिल्ला अदालत बर्दियाले वास्तोलालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
गएको स्थानियतहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचन लडेका वास्तोला निर्वाचित भएका थिए ।






