वासिङ्टन । विश्व नम्बर एक यानिक सिनरले युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा बेलायती खेलाडी ज्याक ड्रेपरको सामना गर्नुहुने भएको छ । इटालियन स्टार सिनरले पाँचौँ वरीयताका रसियन खेलाडी ड्यानिल मेदभेदेवलाई ३-१ को सेटमा पराजित गर्नुभयो ।
सिनरले खेल ६-२, १-६, ६-१, ६-३ ले आफ्नो पक्षमा पार्नुभयो । यता, ड्रेपरले अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनौरविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्नुभयो । ड्रेपर ६-३, ७-५, ६-२ ले विजयी हुनुभयो ।
यो खेल शनिबार हुनेछ । यसैगरी अर्को सेमिफाइनलमा अमेरिकी खेलाडी टाइलर फिट्ज र फ्रान्सिस टियाफो भिड्नुहुनेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता