
काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले एक-एक गोलको बराबरी खेलेका हुन् । खेलको सातौँ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै बराबरी गर्न सफल हुनुभएको थियो ।
दोस्रो हाफमा कुनै गोल गर्न नसकेपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका थिए । आइतबारदेखि सुरु प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्दैछन् । लिगमा तीन विभागीय- नेपाल पुलिस, एपिएफ र आर्मीसँगै कोशी, बागमती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता छ ।
प्रतियोगिताको पहिलो चरणपछि शीर्ष पाँच स्थानमा रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । ‘डबल राउण्ड रोबिन’ पद्धतिमा उक्त पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो राउण्डबाट शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच