काठमाडौं । नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत तेक्वान्दोको के- ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि बिहीबार पराजित हुनुभएको छ । पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९-३ ले पराजित गर्नुभयो । भरत विश्व वरीयताको ५७ औं स्थानमा हुनुहुन्छ । हारसंगै भरत प्रतियोगिताबाट बाहिरिनुभएको छ ।
तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा शुक्रबार नेपालको चुनौती प्रस्तुत गर्दै हुनुहुन्छ ।
भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउनुहुने छ । भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट हुनुभएको हो । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts