
लण्डन । इंग्लिस फुटबल टोलीका पूर्वप्रशिक्षक स्वेन गोरान एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ । एरिक्सनको सोमबार बोर्कफोर्सस्थित आफ्नै घरमा निधन भएको हो ।
उहाँ लामो समयदेखि रोगसँग लडिरहनुभएको थियो । इंग्लिस टोलीका पहिलो गैरब्रिटिस प्रबन्धक एरिक्सनले सन् २००१ देखि २००६ सम्म प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँको प्रशिक्षणमा इंग्ल्याण्डले सन् २००४ र २००८ को युरोपियन च्याम्पियनसिप र फिफा विश्वकप २००६ को क्वाटरफाइनलको यात्रा तय गरेको थियो । स्विडेनका एरिक्सन लामो समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच