एजेन्सी । हङकङका ब्याडमिन्टन जोडी चे यिङ र जोर्डन ताङले आइतबार जापान ओपनको मिक्स डबल्समा रजत जित्नुभएको छ । ओलम्पिकको लगभग तीन साता ब्रेकपछि आइतबार योकोहामामा भएको सुपर ७५० जापान ओपनमा भाग लिएका जोडीले चिनियाँ टोलीसँगको खेलमा रजत हात पारेका हुन् ।
विश्व वरीयतामा चौथो स्थानमा परेका हङकङका यी जोडीलाई हराउँदै चीनका जियाङ जेनबाङ र वेइ याक्सिन फाइनलमा प्रवेश गर्नुभएको छ । दश महिनाअघिको फ्रेन्च ओपनमा पनि हङकङका यी जोडीले रजत पदक जितेका थिए ।






