अबुधाबी । नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गर्नुभएको छ । साउदी अरबको रियादमा भएको एएफसी च्याम्पियन्स लिगको समूह ‘ए’को खेलमा रेखाको गोलको मद्दतमा उहाँ आबद्ध अबुधाबी कन्ट्री क्लबले लाओसको योङ एलिफेन्ट्सलाई २-१ ले हराएको हो ।
अबुधाबीका लागि युगिना तितेथ र रेखाले गोल गर्नुभयो । रेखाले दोस्रो हाफमा गोल गर्नुभएको थियो । योङले खेलको अन्त्यतिर एक गोल फर्काएको थियो । रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।
नेपाल पुलिस क्लबकी रेखा गत महिना युएईको क्लबमा आबद्ध हुनुभएको थियो । अबुधाबीले बुधबार म्यानमारको म्यावाडी एफसीसँग र साउदी अरबको अल नासर एफसीसँग ३१ अगस्टमा खेल्नेछ । नासरले पनि आफ्नो पहिलो खेल जितेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलोपटक आयोजना गरेको महिला च्याम्पियन्स लिगको समूह ‘सी’मा नेपालको एपिएफ रहेको छ । मलेसियामा एपिएफ आइतबार नै उज्वेकिस्तानको पिएफसी नसाफसँग १-० ले पराजित भएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts