काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योञ्जनलाई नियुक्त गर्नुभएको हो ।
भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भट्ट विसं २०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गर्नुभएको थियो । १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रज्वलमान सिंहले उमेर हदका कारण अवकाश पाएपछि उहाँले भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएको हो ।
यस्तै, तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योञ्जनलाई जिम्मेवारी दिइएको राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी गराउनुभयो । उहाँले २०५२ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गर्नुभएको थियो । उहाँ सिरहा जिल्ला खेलकुद विकास समितिमा नायब वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि नवीन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता