
ललितपुर । गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ललितपुरमा रहेको न्यू मिलेनियम स्कुलमा आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य सोविता गौतमलगायत अतिथिले सामूहिक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियो हेरिसकेपछि प्रमुख अतिथि नारायण रायमाझीले गायिका कविताले मौलिकतालाई ध्यान दिएर गीत निर्माण गरेकोमा धन्यवाद दिनुभयो । पछिल्लो समय तीजको मर्म बोल्ने गीत कम भएकाले यस्ता गीत बन्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै विशिष्ट अतिथि गौतमले तीजको इतिहास आजको गीतबाट जान्ने मौका पाएको सुनउनुभयो । उहाँले समाजमा पछिल्लो समय विकृति फैलाउने गीत आइरहेको भन्दै यो समाज बनाउने जिम्मा राजनितिज्ञको मात्र नभई सबैको दायित्व रहेको जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय देखिएको विकृतिले गीतसंगीतमा पनि चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता महसुस भएको धारणा राख्नुभयो ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले पहिले चेलीका वेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न स्रष्टाहरूलाई अनुरोध गर्नुभयो ।
यस्तै अतिथि चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीले पछिल्लो समय गीतहरू व्यावसायिकतामा बढी केन्द्रित भएपछि विकृति आउने रहेछ भन्दै त्यो कुरालाई स्वयं स्रष्टाले नै सेन्सर गर्नुपर्ने बताउनुभयो । गायिका कविता अर्याल आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैं आफूले मौलिकतामा ध्यान दिएको बताउनुभयो ।
संस्थाका सचिव कमल सरगम चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरि दुलालले स्वागत मन्तब्य राख्नुभएको थियो । सार्वजनिक गीत गायिकाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच