ललितपुर । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी(पिइसी)ले गर्वसाथ नेपालको महिला क्रिकेट टोली कप्तान मिस इन्दु बर्मालाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पिइसी र बर्माले सो सम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका थिए ।
पिइसीका निर्देशक कृष्ण श्रेष्ठले पिइसीको ३१ वर्षको गौरवमय ऐतिहासिक यात्राका क्रममा महिला सशक्तीकरण र शिक्षा तथा खेलकुदमार्फत् युवाहरूको विकासमा पिइसीको योगदानको चर्चा गर्नुभयो । नेपाल क्रिकेट संघका पूर्वकप्तान पारस खड्काले महिला क्रिकेटरको सशक्तीकरणका लागि सहयोगी व्यावसायिक संस्थाबीच सहकार्यमा जोड दिनुभयो ।
क्रिकेट इन्दु बार्माले पिइसीसँगको सहकार्यले आफ्नो यात्रा र युवा खेलाडीलाई विशेषगरी महिलालाई ठूलो सपना देख्न र आफ्नो प्रयासमा दृढ रहन प्रेरित गर्ने बताउनुभयो । पिइसीका कार्यक्रम निर्देशक राजु सिंहले पिइसीले आगामी दिनमा पनि शिक्षा र खेलकुदको प्रवद्र्धनमार्फत् महिला सशक्तीकरणलाई निरन्तरता दिने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा