
काठमाडौं । एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गर्यो । चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पछ्याएको हिमालयन व्हाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा हिमालयन व्हाइट हाउसको लागि नितिश मोक्तानले सर्वाधिक ३८ रन बनाउनुभयो । मोहम्मद रियाजले १८ रन बनाउनुभयो । पिनाकलको बलिंगमा अभिषेक थापाले सर्वाधिक ३ विकेट लिनुभयो । प्लेयर अफ द फाइनलसमेत घोषित हुनुभएका थापाले ३ ओभरमा २२ रन खर्चिनुभयो । यस्तै अपराजित पौडेलले २ विकेट लिनुभयो ।
यस अघि टस जितेर ब्याटिंग गरेको पिनाकलले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा ९८ रन बनायो । पिनाकलको लागि अभिषेक थापाले सर्वाधिक २४ रन बनाउनुभयो । यस्तै संदेश खड्काले १८, हिमाल बिस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाउनुभयो । व्हाइट हाउसका जीवन कार्कीले २ विकेट लिनुभयो ।
विजेता पिनाकल कलेजले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा पिनाकलले सिक्षान्तर कलेजलाई १२ रनले तथा हिमालयन व्हाइट हाउसले एभीएस स्कुललाई २६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी पिनाकल एकेडेमीका अभिषेक थापा घोषित हुनुभयो । यस्तै उत्कृस्ट ब्याटर शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कृष्ट बलर पिनाकल एकेडेमीका अभिषेक थापा, यस्तै उत्कृष्ट फिल्डर हिमालयन व्हाइट हाउसका नितिश मोक्तान घोषित हुनुभयो । विजेता खेलाडीहरूले मुख्य प्रायोजक एईसीसी, क्यालीबर सुज, गोपाला फ्रेसोको तर्फबाट गिफ्ट हृयाम्पर, मेडल तथा सर्टिफिकेट पाए ।
विजेता खेलाडीहरुलाई नेपाल विद्यार्थी संघ काठमाडौँका अध्यक्ष मनिष डंगोल, ई-स्पोर्ट्स एसोसीएसन नेपालका सचिव अधिराज रेग्मी, नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिना तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्यायले पुरस्कार प्रदान गर्नुभयो । चार दिनसम्म चलेको प्रतियोगितामा ३२ वटा टिमहरूको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच