✍️ अरुणबहादुर खत्री ‘नदी’
गजलकार एवं कवि ईश्वरीप्रसाद भुसालको कसको आँखा लाग्यो नामक गजलसंग्रह २०८१ सालमा प्रकाशित भएको छ । उनको यस संग्र्रहभित्र १८ वटा गजलहरू समावेश गरिएका छन् । गजल लेखनमा संरचना (बहर) र भावपक्ष दुबैलाई सन्तुलनमा लिएर हिँड्न सक्नु उनको विशेषता हो । उनी आफ्नो गजलमा भएको कमी कमजोरी आफैं नियाल्न सक्छन् र अझैं परिष्कृत गरेर गजल लेख्न सक्छन् ।
गजल वास्तवमा भाव कल्पना बिम्ब प्रयोग गरी संरचनाको फ्रेमभित्र रहेको एउटा काव्यिक विधा हो । उनी गजलको संरचनाबारे निकै प्रष्ट छन् । उनी काफिया प्रयोगका सन्दर्भमा निकै नै सचेत देखिन्छन् । रदिफको प्रयोग पनि उनले सोचविचार पुर्याएर नै गरेको देखिन्छ । यस संग्रहभित्रका गजलहरूमा विविध भावको अभिव्यक्ति पाइन्छ ।
समकालीन नेपाली गजलले पनि प्रेम र शृंगारिकताका अतिरिक्त राष्ट्र, राष्ट्रियता, समाज, आर्थिक, राजनीतिक, मानवताजस्ता विविध विषयमा व्याप्ती पाइसकेको छ ।
हृदयमा बसेको मान्छे तिमी किन रिसायौ !
खोजिरहेछन् यी आँखा मलाई किन तड्पायौ ?
यस संग्रहका गजलहरूमा बिम्ब, प्रतीक, अलंकार, चिन्तन, दर्शन, आदिको विश्लेषण खोज्न जरुरी छैन । साधारण जस्तो लाग्ने गरी यसमा धेरै कुरा भनिएका छन् । चिन्तन, दर्शन तथा गहन अभिव्यक्ति दिन सशक्त रूपले सक्षम छन् उनका गजलहरू । नेपालीमा गजल भित्रिने बेलामा गजलको पारस्परिक शिल्पशैली र कथ्य दुवै एकैसाथ भित्रियो । मोतीराम भट्ट आदि गजलकारहरूले नेपाली गजललाई स्थापित गराउनमा निकै महत्वपूर्ण योगदान दिए । बीचमा नेपाली गजल लेखनमाथि एक किसिमले ग्रहण नै लाग्यो र नेपाली गजललेखन लामो समयसम्म अबरुद्ध भयो । आधुनिक गजललाई गीतिकाव्यका भेदमा राख्न उपयुक्त हुन्छ ।
आँसुका भेल बग्दा डुब्ने पो हुँ कि छैन कुनै डर
दुनियाँमा मलाई अब कसैसँग छैन केही भर
मोफसलमा बसी गीत, कविता र गजल लेख्दै आउनु भएका स्रष्टा ईश्वरीप्रसादको यो कसको आँखा लाग्यो गजलसंग्रह तेस्रो कृति हो । यसअघि उनका ‘विरह पुष्पाञ्जली’ र ‘विरह व्यथा’ नामका कृति प्रकाशित भइसकेका छन् । गजललाई पाठकमाझ पस्किन पाउँदा उनलाई खुशी नै लागेको छ । गजल वास्तवमा भाव कल्पना बिम्ब प्रयोग गरी संरचनाको फ्रेमभित्र रहेको एउटा काव्यिक विधा हो । उनी गजलको संरचनाबारे निकै प्रष्ट छन् । उनी काफिया प्रयोगका सन्दर्भमा निकै नै सचेत देखिन्छन् । रदिफको प्रयोग पनि उनले सोचबिचार पुर्याएर नै गरेको देखिन्छ । यस संग्रहभित्रका गजलहरूमा विविध भावको अभिव्यक्ति पाइन्छ । कहिले कष्ट दिएँ कहिले चिन्तामा डुबाएँ कि म पनि त सदा दुःखी तिम्रो आत्मा रुवाएर उनले गजलमार्फत् व्यक्त गर्दछन् ।
इच्छाहरू पूरा गर्न मान्छेहरू अघि बढ्दा
झन् तनाव जिन्दगी सदा मनमा लाग्छ किन
सरल, सहज भाषा र मीठो प्रस्तुतिका कारण कसको आँखा लाग्यो नामक गजलसंग्रह सबै वर्ग र क्षेत्रका पाठकका लागि पठनीय कृति बनेको छ । अझ गजलका पारखी र विद्यार्थीहरूका लागि भने यो कृतिको छुट्टै महत्व छ । ‘केही मात्रमा मात्र छन् यस्ता व्यक्तिहरू जो जस्तो परे पनि मुस्कुराउँदा रहेछन्’ उनले गजलमा पोखेका छन् । गजलकार ईश्वरीप्रसादले आफ्ना मनका भावनाहरूलाई गजलमा अभिव्यक्त गर्दा सकेसम्म सचेत र सजग हुने प्रशस्त प्रयास गरेका छन् । गजललाई विरह वेदना पोख्ने माध्यम मात्र नबनाएर यिनले चेतना र जागरणको सन्देश पनि फैलाउने उद्देश्य लिएक रहेछन् । यो गजलसंग्रह आधुनिक नेपाली गजलको बाटिकामा फुलेको अमर पुष्प पनि हो । गजलकार ईश्वरीप्रसादबाट पुनः यस्तै स्तरीय कृतिहरू निरन्तर आइरहुन् भन्ने शुभेच्छा गर्दछु ।
कृति : कसको आँखा लाग्यो (गजलसंग्रह)
पहिलो संस्करण : विसं-२०८१
प्रकाशक : मिलाप पब्लिकेशन प्रा.लि., बागबजार, काठमाडौं
मूल्य : रु.२००।–

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा