काठमाडौं । कृष्ण ढुंगेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच लेखक ढुंगेलसहित कवि डा.नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेजटर्नरका अध्यक्ष भुवनहरि सिग्देलले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमको सहजीकरण राजु झल्लु प्रसादले गर्नुभएको थियो । उहाँले कृतिलाई केन्द्रमा राखी सिर्जनात्मक प्रश्नहरू वक्ताहरूलाई सोध्नुभएको थियो । सो क्रममा प्रमुख अतिथि डा.लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताउनुभयो ।
त्यस्तै, अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने सुनाउनुभयो । युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको जिकिर गर्नुभयो । लेखक ढुंगेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको सुनाउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता