एजेन्सी । म्यानचेष्टर सिटीकी फरवार्ड खादिजा श पहिलोपटक प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट महिला खेलाडी घोषित हुनुभएको छ । २७ वर्षीय जमैकन फरवार्ड श वुमन सुपर लिग २०२३/२४ सिजनको सर्वाधिक गोलकर्ता हुनुहुन्छ । उहाँले उक्त सिजन १८ खेलमा २१ गोल गर्नुभएको थियो ।
खादिजाले म्यानचेष्टर सिटीकै युइ हसेगावा र लरेन हेम्प तथा चेल्सीका एरिन कुथबर्ट, लरेन जेम्स र नियाम चाल्र्सलाई पछि पार्नुभयो । ‘यो अवार्ड प्राप्त गर्न पाउँदा खुसी र गर्व पनि महसुस गरिरहेको छु,’ शले भन्नुभयो, ‘मेरो टोलीका साथी र सम्पूर्ण कोचिङ स्टाफलाई पनि धन्यवाद दिन चाहन्छु किनभने उनीहरूबिना यो सम्भव थिएन ।’
यसैगरी म्यानचेष्टर युनाइटेडकी इंग्लिस मिडफिल्डर ग्रेस क्लिन्टनले युवा खेलाडीको अवार्ड प्राप्त गर्नुभएको छ । गत सिजन टोटनहमबाट लोनामा खेल्नुभएकी क्लिन्टनले चार गोल र चार गोलका लागि अवसर सिर्जना गर्नुभएको थियो । क्लिन्टनले चेल्सीकी लोरेन जेम्स र एग्गी बिभर जोन्स, म्यानचेष्टर युनाइटेडकी मायाले टिसियर तथा म्यानचेष्टर सिटीका खिरा केटिंग र जेस पार्कलाई पछि पार्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts