काठमाडौं । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ संस्करणमा सहभागी हुन भिजन तामाङ बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको छ । अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा भिजनले दुई स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
उहाँले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा सहभागिता जनाउँदै हुनुहुन्छ । भिजनसँगै अफिसियल मिनप्रसाद खनाल पनि बुधबारै दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।
आइओएफटिसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । अशोक दक्षिण कोरियामै हुनुहुन्छ । उहाँले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।






