रोम । इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता नेपोलीलाई निराशाजनक नतिजा हात लागेको छ । स्टेडियो एमए बेनटेगोडीमा भएको खेलमा नेपोली हेलास भेरोनासँग ३-० ले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपोली पराजित भएको हो ।
५०औँ मिनेटमा डेलोन लिभ्रामेन्टोले गोल गर्दै भेरोनालाई अग्रता दिलाउनुभएको थियो । ७५औँ मिनेटमा डेनियल मस्केराले गोल गर्दै भेरोनाको अग्रता दोब्बर पार्नुभयो । खेलको इन्जुरी समयमा भेरोनाले तेस्रो गोल गर्न सफल भयो । तेस्रो गोल पनि मस्केराले गर्नुभयो ।
सिरी ‘ए’ कै अन्य खेलमा लाजियोले भेनेजियालाई हराएको छ । लाजियोले भेनेजियालाई ३-१ ले हराएको हो । यस्तै अर्को खेलमा काग्लियारीले रोमालाई हरायो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता